अन्तर्राष्ट्रिय

१३० सवार जहाज धावनमार्गमै दुर्घटनाग्रस्त

दुर्घटना भएको विमान।

जकार्ता—एउटा इन्डोनेसियाली जहाज धावनमार्गमा दुर्घटनाग्रस्त भएको छ। १३० यात्रु बोकेको सो जहाज अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

जहाज रोक्न राखिएको काठको टुक्रमा ठोक्किएपछि योग्यर्ता विमानस्थलमा बोइङ ७३७—८०० ले सन्तुलन गुमाएको थियो।

दुर्घटना हुँदा वर्षा भइरहेको थियो। जहाज रोक्न राखिएको काठको टुक्रमा ठोक्किएपछि योग्यर्ता विमानस्थलमा बोइङ ७३७—८०० ले सन्तुलन गुमाएको थियो।

दुर्घटना भएको जहाज इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक गरुडाको हो। जकार्ताबाट आएको सो विमान दुर्घटनामा कोही घाइते भएका छैनन्।

विमानस्थलमा चिप्लिएर बोइङको जहाज दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द गरी सो स्थानमा आउने उडानलाई सोलो सहरको विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

प्रकाशित: २१ माघ २०७३ ०७:०१ शुक्रबार

१३० सवार जहाज धावनमार्गमै दुर्घटनाग्रस्त