अन्तर्राष्ट्रिय

भारतमा निर्माणाधीन घर भत्किँदा ७ जनाको मृत्यु

नयाँदिल्ली—निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ। उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। मृत्यु हुने सबै सात जना मजदुर रहेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ।

अन्य १७ जनालाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। स्थानीय उच्च अधिकारी कौशल राजले एएफपीलाई टेलिफोनमा जानकारी दिए। 

भारतका गृहमन्त्री राजनाथ सिंहले ट्वीटरमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गरेका छन्। उनले ट्विटरमा थप लेखेका छन्, 'घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।' रासस/एएफपी

प्रकाशित: २० माघ २०७३ ०७:२७ बिहीबार

भारतमा निर्माणाधीन घर भत्किँदा जनाको मृत्यु