अन्तर्राष्ट्रिय

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ

तस्बिर सौजन्य : हिन्दुस्तान टाइम्स (फाइल तस्बिर)

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन। 

पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उनी आज विहान पक्राउ परेका हुन । नेपालमा आएको भन्दै भारत सरकारले खोजी गरिदिन आग्रह गरेको थियो । 

हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई राष्ट्रिय सुरक्षा ऐन अनुसार पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो । उनै सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग खोजवीनको लागि आग्रह गरेपछि नेपाली सुरक्षाकर्मीहरुले उनको खोजीमा चासो दिएका थिए ।

प्रकाशित: १० वैशाख २०८० ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App