अन्तर्राष्ट्रिय

सुटिङ स्थलमा गोली चल्दा कलाकारको मृत्यु

व्रिसवेन–अष्ट्रेलियाको व्रिसवेनमा म्युजिक भिडियोको सुटिङ चलिरहेको बेला एक्कासी गोली चल्दा एकजना कलाकारको मृत्यु भएको छ । अष्ट्रेलियाको राजधानी सिड्नीको हिप–हप ग्रुप ‘ब्लिस एन इसो’ समूहका लागि भइरहेको सुटिङका क्रममा छातीमा गोली लागेका २० वर्षीय कलाकारको मृत्यु भएको क्विन्सल्याण्ड प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सिटी सेन्टरनजिक इगल लेन बारमा गोली चलेको थियो । त्यहाँ धेरै गोली चलेको आवाज सुनिएको थियो । गोली कसले चलाएको हो भन्ने बारे केही बताइएको छैन ।

प्रकाशित: ११ माघ २०७३ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App