अन्तर्राष्ट्रिय

कश्मिरमा आतंकवादी आक्रमण, तीन सैनिकको मृत्यु

फाइल तस्बिर ।

कश्मिर–भारत प्रशासित कश्मिरको अखनुर जिल्ला भारतीय सैनिकमाथि आक्रमण भएको छ। सो आक्रमणमा तीन जना भारतीय सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ।
सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि अन्धाधुन्ध गोली प्रहार भएको र सो गाली प्रहारबाट तीन जना सैनिकको मृत्यु भएको हो। आक्रमणकारी भाग्न सफल भएको बीबीसीले उल्लेख गरेको छ। सो आतंकवादी  आक्रमण भएको आशंका गरिएपनि सेनाले आधिकारिक धारणा सार्वजनिक भएको छैन।

आक्रमणकारीलाई पक्राउ गर्न सेनाले सर्च अभियान संचालन गरेको छ। यसअघि पनि गत अक्टोबरमा कश्मिरको  दक्षिण्ी जिल्ला शोपियाँमा आतंकवादी आक्रमणमा परी तीन जना सेना घाइते भएका थिए।

प्रकाशित: २५ पुस २०७३ ०६:२२ सोमबार

कश्मिरमा आतंकवादी आक्रमण सैनिकको मृत्यु