अन्तर्राष्ट्रिय

ट्रम्पले दिए उत्तर कोरियालाई चेतावनी

सोल–उत्तर कोरियाले  अमेरिकी भूभागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । तर उत्तर कोरियाको दाबीमा दम नभएको भन्दै राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले उत्तर कोरियाली दाबी असम्भव भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पको जवाफमा दक्षिण कोरियाले खुशी व्यक्त गरेको छ।
 दक्षिण कोरियाले ट्रम्पको उक्त सन्देश उत्तरविरुद्धको प्रष्ट चेतावनी रहेको जनाएको छ । दक्षिण कोरियाले मंगलबार ‘अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भनेर प्रष्ट चेतावनी दिएको बताएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको सन्देश उत्तर कोरियाको विषयमा महत्वपूर्ण मानिएको छ किनकी उनले यसअघि उत्तर कोरियाको आणविक हतियार विषयमा केही बोलेका थिएनन् , दक्षिण कोरियाली विदेश मन्त्रालयका प्रवक्ता चो जुन ह्युकले बताए ।  ‘यो प्योङयाङविरुद्धको प्रष्ट चेतावनी हो’, चोले थपे ।

अमेरिकी वर्तमान ओबामा प्रशासनले उत्तर कोरियालाई आणविक हतियारसहितको राष्ट्रका रुपमा कुनै हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएपनि ट्रम्पले भने उत्तर कोरिया सम्बन्धमा आफ्नो नीति कस्तो रहनेछ भनी यस अघि केही नजनाएको चोको भनाई थियो ।

प्रकाशित: २० पुस २०७३ ०६:१३ बुधबार

ट्रम्पले दिए उत्तर कोरियालाई चेतावनी