अन्तर्राष्ट्रिय

चीनले खुला गर्‍यो विश्वकै अग्लो पूल

 बेइजिङ– चीनले निर्माण गरेको विश्वकै अग्लो पुल बिहीबारदेखि खुला गरिएको छ। १ हजार ८ सय ५४ फिट अग्लो वेपिङजाङ यो पुलले युनान र गुइजाउलाई जोड्नेछन्। यी दुई प्रदेशबीचको यात्रा समय पनि पुलले घटाइ दिएको छ। स्थानीय मिडियाकाअनुसार १ हजार ३ सय ४१ मिटर लामो यो पुल निर्माण गर्न १ सय ४४ मिलियन अमेरिकी डलर लागेको छ।

चीनमा धेरै अग्ला पुलहरु छन्। तिनै मध्ये यो सांसारकै अग्लो पुल पनि थपिएको हो। चीनकै सिदु नदीमाथि ५६५ मिटर उचाईको पुलको किर्तिमान यस पुलले तोडेको हो। यो पुल चार लेनमा बनेको छ। यो पुल निर्माण गर्न तीन बर्ष लागेको थियो।

प्रकाशित: १६ पुस २०७३ १२:०६ शनिबार

चीनले खुला गर्‍यो विश्वकै अग्लो पूल