अन्तर्राष्ट्रिय

९२ यात्रुसहित दुर्घटनामा परेको रसियाली विमानको 'फ्लाइट डाटा रेकर्टर' भेटियो

सोची (रसिया)—रसियाली रक्षा मन्त्रालयले आइतबार दुर्घटनाग्रस्त सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षित गर्ने ‘ब्ल्याक बक्स’ भेटिएको बताएको छ। 

आइतबार रसियाबाट सिरियाका लागि ९२ यात्रुसहित उडेको विमान ब्ल्याक सीमा विस्फोट भएको थियो। दुर्घटनामा विमानमा यात्रारत सबै यात्रु जीवित पाउने आसा नपाइएको रसियाले जनाएको छ। 

विमानको एउटा ब्ल्याक बक्स खासै नबिग्रिएको अवस्थामा समुद्रको सतहबाट करिब दुई किलोमिटर टाढा पानीभित्र भेटिएको हो।
 

मङ्गलबार रक्षा मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी ‘फ्लाइट डाटा रेकर्डर’ लाई मस्कोस्थित मन्त्रालयको ल्याबमा ल्याइएको बताउँदै रेकर्डरमा खासै क्षति नपुगेको उल्लेख गरेको छ। रासस/एएफपी

प्रकाशित: १३ पुस २०७३ ११:४८ बुधबार

९२ यात्रुसहित दुर्घटनामा परेको रसियाली विमानको फ्लाइट डाटा रेकर्टर भेटियो