अन्तर्राष्ट्रिय

९२ यात्रु बोकेको रसियन सैन्य विमान दुर्घटनाग्रस्त

रसियन सेनाको एक विमान दुर्घटना भएको छ। आद्लेरबा उडान भरेको केही मिनेट पछि विमान व्लाक सीमा दुर्घटना भएको बीबीसीले जनाएको छ। रुसको रक्षामन्त्रालयले उक्त टीयू-१५४ विमानमा ९२ जना सवार रहेको बताएको छ।

विमानमा सैनिक, सैन्य म्युजिक व्यान्ड र पत्रकार थिए। रुसको चर्चित र सेनाको आधिकारिक व्यान्ड एलेक्सड्रोफ एनसबलका सदस्य रहेका थिए।

यो जहाज सिरियाको लटाकिया प्रान्तको लागि उडेको थियो। विमान मस्कोबाट उडेको थियो र इन्धन भर्नको लागि सोचीमा रोकिएको थियो। रक्षामन्त्रालयका अनुसार विमानका अवसेशहरु व्लाक सिमा भेटिएको जनाएको छ।

सिरियामा रहेका रुसी सेनाका लागि नयाँ बर्षको कार्यक्रम बनाएर म्युजिक व्यान्ड सहित विमान त्यसतर्फ जाँदै थियो।

 

प्रकाशित: १० पुस २०७३ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App