अन्तर्राष्ट्रिय

राजदूतको हत्या छानबिनका लागि रसियाली टोली टर्कीमा

अङ्कारा–रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मंलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

रसियाली टोलीमा एक अभियोजनकर्ता र दुई नागरिक रक्षा सम्बद्ध अधिकारी रहेको र टर्कीका अधिकारीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिने यहाँको निजी एनटीभी च्यानलले जनाएको छ । अङ्काराको एसेनबोग विमानस्थलबाट मङ्गलबार दिउँसो टर्कीका लागि रसियाली राजदूत कार्लोभको मृत शरीरलाई आवश्यक प्रक्रियापछि मस्को लगिने कार्यक्रम रहेको रसियाली अधिकारीले बताएका छन् ।

यसैबीच टर्कीले राजदूत कार्लोभको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मङ्गलबारसम्म सात जनालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।  कार्लोभको पिठ्युमा २२–वर्षीय टर्कीका प्रहरी मेभलुट मर्ट एल्टिनटासले नौ राउण्ड गोली हानी सोमबार हत्या गरेका थिए ।

प्रकाशित: ७ पुस २०७३ ०६:०४ बिहीबार

राजदूतको हत्या छानबिनका लागि रसियाली टोली टर्कीमा