अन्तर्राष्ट्रिय

सात भारतीय माझी पक्राउ

कोलोम्बो- श्रीलङ्काको उत्तरी समूद्रको गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा सात भारतीया माझी पक्राउ गरिएको मङ्गलबार नौसेना स्रोतले जानकारी दिएको छ।

उत्तरपश्चिममा रहेको डेल्फि द्विपको जलक्षेत्रमा ती माझीहरुलाई पक्राउ गरिएको बताइएको छ। श्रीलङ्काको माछा व्यवसाय सम्बन्धि मन्त्री महिन्दा अमारावेइराले सोमबार भारतीय माझीहरुले श्रीलङ्काको ५० जलक्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्ने गरेको बताए। एक हप्तामा कम्तीमा तीन वटा माछा मार्ने भारतीय ङुङगाहरु प्रवेश गर्ने र यो सङ्ख्यामा एक बर्षमा ५ हजार हुने बताइएको छ।

यो श्रीलङ्काको माछा उद्योगको लागि ठूलो चुनौति भएको अमारावेइराले बताएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: ५ पुस २०७३ ११:२५ मंगलबार

भारतीय माझी पक्राउ