अन्तर्राष्ट्रिय

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प

सिड्नी- आइतबार सोलोमोन द्विपमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।

यस प्रशान्त माहासागरिय राष्ट्रमा दुई हप्तायता आएको यो तेस्रो शक्तिशाली भूकम्प हो।

स्थानीय समयानुसार आइतबार अपराह्न ४:४६ मा आएको यस भूकम्पको केन्द्रबिन्दु किराकिराबाट ८३ किलोमिटर पश्चिम–उत्तरपश्चिममा ३९ मिटर गहिराइमा रहेको युएसजिएसले थप जानकारी दिएको छ ।

गत १० डिसेम्बरमा पनि किराकिरा प्रभावित हुने गरी ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यसअघि पनि ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र यस भूकम्पपछि सुनामी चेतावनीसमेत दिइएको थियो ।

यद्यपि यस भूकम्पपछि पनि कुनै गम्भीर क्षतिको भने खबर प्राप्त भएको थिएन । रासस/एएफपी

 

प्रकाशित: ३ पुस २०७३ ०९:३६ आइतबार

सोलोमोन द्विपमा भूकम्प