अन्तर्राष्ट्रिय

कायरोको एक चर्चमा आक्रमण हुँदा २५ जनाको मृत्यु

कायरो- इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ। इजिप्टेली अधिकारीहरुले उक्त आक्रमणमा परी कम्तीमा ४९ जना घाइते भएका जनाएका छन्। क्रिस्मसको समय सुरु हुन लागेको बेला आक्रमण भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

आक्रमण कोप्टिक क्याथेडल चर्चमा भएको हो। इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति निकाल्दै आक्रमणमा भएको क्षतिको विवरण लिने काम भइरहेको जनाएको छ। सुरक्षाकर्मीले आक्रमणमा धेरै क्षति भएको जनाएका छन्।

त्यस क्षेत्रमा रहेको चर्चमा यसअघि पनि आक्रमण प्रयास भएको बताइएको छ। तर आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। आइतबार उक्त चर्चमा प्रार्थनामा भइरहेका बेला एक अज्ञात व्यक्तिले सो चर्चभित्र बम हानेको अधिकारीहरुले जानकारी दिएका छन्। बम आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले निन्दा गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७३ ०८:०५ सोमबार

कायरोको चर्चमा आक्रमण हुँदा २५ जनाको मृत्यु