अन्तर्राष्ट्रिय

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री

वासिंटन–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मरिन काप्र्सका सेवानिवृत जनरल जेम्स म्याटिनलाई आफ्नो रक्षा मन्त्रीमा नियुक्त गरेका छन्। म्याटिसको नाममा सहमति जेट्ने वित्तिकै उनले वर्तमान रक्षामन्त्री एस्टन कार्टरको ठाउँ लिने छन्। म्याटिस ट्रम्प मन्त्रिमण्डलमा आउँदा विदेशमा अमेरिकी हिटको रक्षाकालागि आक्रमण रुपमा प्रस्तुत हुने संकेत मिलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

म्याटिसले २००५ मा विवादित बयान दिएका थिए। ट्रम्पका समर्थक म्याटिसको नामदेखि सन्तुष्ट नभएको संचारमाध्यमले उल्लेख गरेका छन्। म्याटिसले ‘केही मानिसलाई गोली हानी हत्या गर्दा निकै आनन्द लाग्ने’ बताएका थिए। ट्रम्पले नर्थ क्यारोलिनाको एक उत्सवमा भनेका थिए,‘जनरल जेम्स म्याटिसलाई रक्षा मन्त्रीका रुपमा मनोनित गर्दा मलाई गर्व महशुस भइरहेको छ।’ म्याटिस सबैभन्दा प्रभावकारी जनरलमध्येका एक हुन्। ट्रम्पले उनलाई असाधारण नेतामध्येका एक भएको बताएका छन्।

‘म्याटिसले आफ्नो जीवन हाम्रो देशकालागि प्रेमपूर्वक समर्पित गर्नुभएको छ,’ ट्रम्पले भने। म्याटिसले  सेनालाई सम्वोधन गर्दै भनेका थिए,‘केही मानिसलाई गोली हान्दा आनन्द महशुस हुन्छ।’ जेम्स म्याटिसलाई ट्रम्पको निकट मानिन्छ। उनी रक्षामन्त्री बन्नुका पछाडि ट्रम्पको राष्ट्रवादी नीति प्रमुख रहेको बताइएको छ।
 
 

प्रकाशित: २२ मंसिर २०७३ ०९:२८ बुधबार

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री