अन्तर्राष्ट्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २५ को मृत्यु

इन्डोनेसिया—इन्डोनेसियाको आचे प्रान्तमा बुधबार बिहानै शक्तिशाली भूकम्प गएको छ। बिहान ५ बजे गएको सो भूकम्प ६.४ म्याग्नेच्युडको भएको युएस जियोलोजिकल सर्भेले जनाएको छ।

भूकम्पमा परी कम्तिमा २५ को मृत्यु भएको छ। शक्तिशाली भूकम्प गए पनि सो क्षेत्रमा सुनामीको कुनै चेतावनी दिइएको छैन। सो क्षेत्र भूकम्पको उच्च जोखिम रहेको मानिन्छ। सन् २००४ मा गएको भूकम्पमा परी इन्डोनेसियामा १ लाख ७० हजार मान्छे मरेका थिए।

प्रकाशित: २२ मंसिर २०७३ ०५:१६ बुधबार

इन्डोनेसियामा भूकम्प २५ को मृत्यु