अन्तर्राष्ट्रिय

तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात

चेन्नई–तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ। आइतबार साँझ जयललितालाई हृदयघात भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको स्वास्थ्यस्थिति गम्भीर रहेको छ। उनको अपोलो अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल बाहिर ठूलो संख्यामा उनका समर्थक उपस्थित भएका छन्। उनीहरुले जयललितको स्वास्थ्यलाभको कामना गरिरहेका छन्। जयललितालाई हृदयघात भएपछि मन्त्रिपरिषद बैठक अस्पतालमै बसेको छ। ६८ वर्षीय जयललितालाई गत सेप्टेम्बरमा चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको थियो  र केही हप्ता पहिला मात्रै उनको उपचारमा संलग्न डाक्टरहरुले जयललिताको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका थिए।

आइतबार नै जयललिताको दल अन्नाद्रमुकले मुख्यमन्त्रीलाई चाँडै घर फिर्ता गर्ने बारे निर्णय गर्ने बताएको थियो। यसै वर्ष भएको विधानसभा निर्वाचनमा जयललिताले दोस्रोपटक अत्याधिक बहुमतले विजय भएकी थिइन्।

प्रकाशित: २० मंसिर २०७३ ०५:०१ सोमबार

तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात