अन्तर्राष्ट्रिय

विमान भुइँमा खसेपछि आगलागी, भागेर दुईले ज्यान बचाए

भिक्टोरिया— उडिरहेको विमान भुइँमा खसेपछि त्यसमा सवार मान्छेको अवस्था के होला? गम्भीर घाइते अथवा मृत्यु। तर होइन अष्ट्रेलियाको भिक्टोरियामा भएको एउटा विमान दुर्घटनामा पाइलट र एक जना यात्रुले विमान भुइँमा बजारिएपछि भागेर ज्यान बचाएका छन्।

उनीहरुले आफूहरु भाग्यबस बाँचेको प्रतिक्रिया दिए। विमान भुइँमा बजारिएपछि दनदनी बलेको थियो।

उत्तरपूर्वी भिक्टोरियामा एउटा सानो विमान दुर्घटनामा परेको हो। इन्जिनर फेल भएपछि भुइँमा बजारिएको सो सिङ्गल इन्जिन विमानमा आगो लाग्नु अगाडि नै दुवैजना दौडेर भागेको बताइएको छ।

दुर्घटनामा ज्यान बचाउनेहरुमा पाइलट जोन स्पोर्केन तथा यात्रु एन्ड्रु हेयरिङ छन्। सिङ्गल इन्जिन सो जहाजमा अरु यात्रु थिएनन्।

उनीहरुले आफूहरु भाग्यबस बाँचेको प्रतिक्रिया दिए। विमान भुइँमा बजारिएपछि दनदनी बलेको थियो।

भिडियो

प्रकाशित: १३ मंसिर २०७३ ०६:५२ सोमबार

विमान भुइँमा खसेपछि आगलागी भागेर दुईले ज्यान बचाए