अन्तर्राष्ट्रिय

बिरामी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

तेहरान (इरान)-  बिरामी र चारजना चालकदलका सदस्यसहित पाँच जनाको आइतबार मृत्युभएको यहाँको सरकारी टेलिभिजनले जनाएको छ।

विमान चालकदलका चार सदस्य र उपचारका लागी हिँडेका बिरामी यात्रुको क्षतविक्षत अवस्थामा मृत शरिर उद्धारटोलीले “क्यासपियन सी”बाट उद्धार गरेको इरानी सुरक्षा अधिकारीले जनाएका छन्।

नेशनल इरानियन ड्रिलिङ कम्पनीको उक्त हेलिकप्टर अभीरकवीरबाट करिव एक किलोमिटर ताढा दुर्घटनाग्रस्त भएको आइएसएनए न्यूज एजेन्सीले बेहसारका गभर्नर खलेग साजादीलाई उद्धृत गर्दै जनाएको छ।

विमानको ब्लाकबक्स भेटिइनसकेकाले दुर्घटनाको बारेमा पत्ता नलागेको जनाउदै छिट्टै ब्लाकबक्स खोजी अनुसन्धान थालिने कम्पनीले जनाएको छ। रासस/एएफपी

 

प्रकाशित: १२ मंसिर २०७३ १०:५७ आइतबार

बिरामी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु