अन्तर्राष्ट्रिय

एल साल्भाडोरमा शक्तिशाली भूकम्प

मेक्सिको- एल साल्भाडोरमा बिहीबार शक्तिशाली भूकम्प गएको छ। उक्त भूकम्प ७.० म्याग्नीच्युडको मापन गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्पको धक्का मध्य अमेरिकी मुलुकहरु होन्डुरस, निकारागुआ र ग्वाटेमालामा पनि महसूस गरिएको छ।

वातावरण र प्राकृतिक स्रोत मन्त्रीले सुनामी आउन सक्ने भएकाले सतर्क रहन ट्विटरमार्फत सवै नागरिकलाइ आह्वान गरेका छन्। सो शक्तिशाली भूकम्पप्रश्चात् पाँच पटक पराकम्प महसूस गरिएको थियो।

भूकम्प शक्तिशाली नै भएपनि कुनै भौतिक तथा मानवीय क्षति भएको विवरणहरु भने हालसम्म प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।

सुरु यस भूकम्पलाई ७.२ म्याग्नीच्युडको मापन गरिएको भएतापनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ७.० म्याग्नीच्युडको मापन भएको जानकारी दिएको छ।

भूकम्पको केन्द्रविन्दु एल साल्भाडोरको पुइर्टो ट्रिउन्फोबाट १५४ किलोमिटर दक्षिण र दक्षिणपश्चिममा समूद्री सतहदेखि ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ। रासस/सिन्ह्वा

 

प्रकाशित: १० मंसिर २०७३ १०:२८ शुक्रबार

एल साल्भाडोरमा भूकम्प