अन्तर्राष्ट्रिय

ट्रम्पले थपे दुई महिला

अमेरिका- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिलालाई नयाँ जिम्मेदारी दिने घोषणा गरेका छन्। साउथ क्यारोलीनाकी ४४ वर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गर्ने निर्णय गरेका छन्।

उनले ट्रम्पको प्रस्तावअनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय गरेका छन्। भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गर्दै आएकी थिइन्।

त्यसैगरी वेट्सी डेभोसलाई ट्रम्पले शिक्षा मन्त्रीको रुपमा जिम्मेवारी दिने निर्णय गरेका छन्। डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष थिइन्। डेभोसले पनि निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउदै ट्रम्पको चर्को आलोचना गर्ने गरेकी थिइन्। दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ।

प्रकाशित: १० मंसिर २०७३ ०४:११ शुक्रबार

ट्रम्पले थपे दुई महिला