अन्तर्राष्ट्रिय

चीनमा निर्माणाधीन टावर भत्किँदा ४० जनाको मृत्यु

नानच्याङ– पूर्वी चीनस्थित जियाङसी प्रान्तमा एक निर्माणाधीन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा ४० जनाको मृत्यु भएको छ।

टावरको भग्नावशेषमा अझै केही मजदूर पुरिएको अनुमान

घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले टावरको भग्नावशेषमा अझै केही मजदूर पुरिएको अनुमान गरेका छन्। उद्धार जारी छ।

बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ। उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७३ ०७:३१ बिहीबार

चीनमा निर्माणाधीन टावर भत्किँदा ४० जनाको मृत्यु