अन्तर्राष्ट्रिय

हत्याको बदला लिन्छौ : भारतीय सैनिक

भारतीय सैनिकले पाकिस्तानी सैनिकले आफ्ना ३ जना सिपाही मारेपछि चाँडै आफूले हत्याको बदला लिने बताएका छन्। विवादित काश्मिरमा बुधबार पाकिस्तानी सेनाले भारतीय जवान चढेको गाडीलाई एम्बुस आक्रमणमा परोको थियो। सो क्रममा तीन भारतीय सेनाको मृत्यु भएको बताइएको छ।

उता पाकिस्तानले भने भारतीय पक्षबाट भएको आक्रमणमा ८ पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बताएको छ। पाकिस्तानी सेनाले भारतले यात्रुबाह बसमा आक्रमण गर्दा सो संख्यामा सर्वसाधारण मारिएको बताएको हो।

सन् २००३ यता दुवै देश काश्मिरको सीमानामा भिडिरहेका छन्। गत सेप्टेम्बरमा भारतीय आर्मी ब्यारेकमा पाकिस्तानी आतंकवादी समूहले आक्रमण गरी १८ जना जवान मारिदिएपछि दुवै देश एक अर्कालाई आरोप लगाउँदै आएका छन्।

भारतीय आर्मीका वरिष्ठ अधिकारीले मंगलबार पनि आफ्ना जवानमाथि आतंकवादी हमला भएको दाबी गरेका छन्। तर पाकिस्तानी विदेश मन्त्रालयले आरोपको खन्डन गरेको छ।

काश्मिरमा भारतीय सरकारले यसपाली विशेष ध्यान दिँदै आएको छ। काश्मिर समस्या समाधान गर्ने मुद्दाका साथ प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले त्यसयता सो सम्बन्धमा कुनै प्रगित हासिल गर्न सकेका थिएनन् त्यसमाथि काश्मिरको उरीमा १८ जना जवानको ज्यान गएपछि मोदी सरकारले केही गर्नुपर्ने बाध्यता छ। यही बाध्यताका कारण सरकारले केही दिन पहिले भारतीय सेनाले सीमानामा सर्जिकल स्ट्राइक गरेको हौवा फिजाएको थियो जुन केही पनि पछि असत्य प्रमाणित भयो। त्यसैले पनि मोदी सीमानामा भारतीय फौजले केही गरोस् भन्ने चाहान्छन् ताकि आम जनतामा मोदी कडा नेता भएको सन्देश जाओस्। तर मोदी सरकारले अन्तर्राष्ट्रिय समुदायबाट उल्टै मानव अधिकार हनन गरेको आरोप खेप्नु परेको छ। भारत प्रशासित काश्मिरमा तीन महिना यता भड्किएको हिंसामा ८० जनाको ज्यान गइसकेको छ भने विषालु ग्याँसको आक्रमणबाट सयौंले आँखाको ज्योति गुमाएका छन्।

प्रकाशित: ९ मंसिर २०७३ ०५:२२ बिहीबार

हत्याको बदला लिन्छौ भारतीय सैनिक