अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा पाइलटको मृत्यु

क्यालिफोर्निया— केही समयदेखि हराइरहेको एउटा विमान क्यालिफोर्नियाको उपल्यान्ड नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। पीए २८ विमान उडेको केही समयपछि कन्ट्रोल टावरसँग सम्पर्क विच्छेद भएको थियो।

सञ्चार सम्पर्क विच्छेद भएसँगै खोजीका लागि नागरिक उड्डयन अधिकारीले मान्छे परिचालन गरिएको थियो।

उद्धार टोलीले ढिलो पहाडी क्षेत्रमा उक्त जहाजलाई दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो। जहाजका पाइलट मृतक फेला पारेको सान ब्रेनार्निडिनो कन्ट्री फायर डिपार्टमेन्टले उल्लेख गरेको छ।

अधिकारीहरुले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी गरहेको जनाएका छन्
 

प्रकाशित: ८ मंसिर २०७३ १०:२० बुधबार

विमान दुर्घटनामा पाइलटको मृत्यु