अन्तर्राष्ट्रिय

लुफ्थान्साका पाइलट हड्तालमा, ८७६ उडान रद्द

बर्लिन— जर्मनीको सबैभन्दा ठूलो एयरलाइन्स लुफ्थान्साका पाइलट अचानक हड्तालमा उत्रिएपछि मंगलबार करिब ८७६ पूर्व निर्धारित उडान रद्द भएका छन्। लुफ्थान्साका दैनिक ३ हजार उडान हुने गर्छन्।

तलब सुविधाका विषयमा लामो समयदेखि विवाद रहँदै आए पनि मंगलबार पाइलट हड्तालमा उत्रिएका हुन्। पाइलट हड्तालबाट करिब १० हजार यात्रु प्रभावित हुने बताइएको छ।

प्रकाशित: ७ मंसिर २०७३ १३:५४ मंगलबार

लुफ्थान्साका पाइलट हड्तालमा ८७६ उडान रद्द