अन्तर्राष्ट्रिय

५ अर्बको विवाह

कर्नाटक- एकातिर भारतमा नयाँ नोटका लागि मानिस दिन रात लाइनमा छन् उही केही मानिस भने विवाहमा अर्बौं रुपैंया खर्च गरिरहेको खबरले हैरान छन्। भारतीय समाचार संस्थाहरुले जनाए अनुसार दक्षिण भारतको कर्नाटक राज्यमा  पूर्व प्रान्तिय मन्त्री जनार्दन रेड्डीले आफ्नी छोरी ब्रह्माणीको विवाह उत्सव ५ दिन मनाउँदैछन् जसमा ५ अर्ब भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ। सुनको पानीले दिएको निमन्त्रण र बलिउड कलाकारको प्रस्तुतिका कारण विवाह अहिले चर्चाको विषय बनेको छ। 

पाँच दिन चल्ने उक्त विवाहमा दशौँ हजार पाहुना निम्त्याइएको छ भने बलिउड कलाकारहरुले आफ्नो प्रस्तुती दिने बताइएको छ। आलोचकहरुले लाजमर्दो पाराले पैसाको प्रदर्शन गरेको भन्दै विवाहको आलोचना गरिरहेका छन्।

दशौँ लाख भारतीय सर्वसाधारण पाँच सय र एक हजार रुपियाँका नोटमा लागेको प्रतिबन्धका कारण छटपटिरहेको असहज परिस्थितिमा उक्त विवाहको खबरले सबैलाई आश्चर्यमा पारेको हो।

समाचार विवरणहरुका अनासार विवाहका लागि सुन र एलसीडी स्त्रि्कन जडित निम्ता कार्डका लागि डेढ करोड रुपियाँ भन्दा बढी खर्च गरिएको छ।

त्यस्तै बेहुलीको साडीका लागि २७ करोड रुपियाँ भन्दा बढी र गरगहनाका लागि झण्डै ९० करोड रुपियाँ खर्च गरिएको छ। विवाहमा ३ हजार बाउन्सर ३ सय पुलिस पनि उपस्थित रहने जनाइएको छ। त्यतिले मात्र नपुगेर  विवाहस्थलमा प्रहरीको खोजी कुकुर र बम निरोधक दस्ता रहने पनि जनाइएको छ। भारतीय संचारमाध्यमका अनुसार विवाहस्थलमा ३ हजार निजी सुरक्षाकर्मी र ३ सय प्रहरीका साथै तालिमप्राप्त कुकुर र बम निस्त्रि्कय बनाउने सुरक्षा दस्ता पनि तैनाथ गरिएको छ। विवाहस्थलमा प्राचीन दरवार र मन्दिरको नक्कल गरि तीसंग मिल्दा संरचना पनि बनाइएका छन्।

भारतमा नगदमा आधारित अर्थ व्यवस्था छ र विवाहमा ज्यादा नगदै खर्च गर्ने गरिएको देखिन्छ। खानी व्यवसायी रेड्डीले बेंग्लोर र सिङ्गापुरमा रहेका उनका सम्पत्ति धरौटीमा राखिएको तथा विवाह समारोहको खर्चको भुक्तानी ६ महिना अघि नै गरिसकिएको जनाइएको छ।

भडि्कलो विवाहको समाचारसँगै कालो धन विरुद्धको भारतीय प्रधानमन्त्रीको कारबाही धनी व्यक्ति लक्षित छन् कि छैनन भनेर प्रश्न उठिरहेको छ।

भारतीय जनता पार्टीका पूर्व नेता रेड्डीमाथि भ्रष्टाचारको आरोप लागेको छ र उनले सोही आरोपमा तीन वर्षे जेल सजाय काटिसकेका छन्। आफू माथि लागेका आरोप अस्वीकार गर्दै आएका रेड्डी एक वर्ष अघि जमानतमा रिहा भएका थिए।

विवाहको समारोह स्थल बेंग्लोर प्यालेसमा केही महिना अघि बाटै तयारी गरिएको र विवाहको मन्डप र सजावटका लागि भारतीय चलचित्र उद्योग बलिउडका आठ जना निर्देशकहरुलाई निम्ताइएको जनाइएको छ।

प्रकाशित: २ मंसिर २०७३ ०३:०७ बिहीबार

अर्बको विवाह