अन्तर्राष्ट्रिय

पराजयपछि हिलारी क्लिन्टनले दिइन् एफबीआइलाई दोष

वासिङटन– हिलारी क्लिन्टनले आफू राष्ट्रपतिको निर्वाचन पराजय हुनुको पछाडि एफबीआई प्रमुख   दोषी भएको आरोप लगाएकी छन्। क्लिन्टनले  शनिबार आफ्ना डोनरहरुलाई सम्बोधन गर्दै  भनिन्, ‘एफबीआई प्रमुख जेम्स कोमीले निर्वाचनका केही दिन आगाडि मेरो व्यक्तिगत इमेलका बारेमा पहिलो गरिएर मैले सफाई पाइसकेको  मुद्दामा फेरि अनुसन्धान अगाडि बढाए, जसले मेरो पक्षमा रहेका जनता भाँडिए।’

उनले एफबीआईले आफूले निर्वाचनको अभियानमा रहँदा डेमोक्रयाटिक पार्टीका शीर्ष नेताहरुसँग भएको फोन कल समेत लिक गरिदिएको आरोप लगाएको बीबीसीले जनाएको छ।

उनले कामीले क्लिन्टनलाई सफाई दिइएको छ, उनले कुनै जेल सजाय र जरिवाना तिर्नु पर्दैन भन्ने उल्लेख गरेर पठाएको पत्र नै आफ्नो हारको प्रमुख कारण भएको आरोप लगाइन्। उनले भनिन्, ‘ कामीले आधारहीन काममा हात हाल्दै हाम्रो समर्थकलाई भड्काउँदै चुनावी अभियान नै विथोले र ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेले।’
गत बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा क्लिन्टन रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन् ।

 

प्रकाशित: २८ कार्तिक २०७३ ०८:०३ आइतबार

पराजयपछि हिलारी क्लिन्टनले दिइन् एफबीआइलाई दोष