अन्तर्राष्ट्रिय

काे हुन् डोनाल्ड ट्रम्प ?

वासिङटन– अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए। सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिन थालेका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए।

उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा परेका थिए। उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो ।

राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने ) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो। कलेज पढ्दैदेखि उनीस आफ्ना पिताले सञ्चालन गर्दै आएका रियल स्टेट व्यवसायमा संलग्न भएका थिए। उनले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए।

व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गरे।

व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । जीवनभर र मादक पदार्थमा हात पनि नलाएका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” उत्पादन गरेका थिए।

उनका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउन (जड्याँहा) भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गरेनन्।

तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना हुनुभएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका थिए।

सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट चुनिएका थिए।

राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परे पनि अन्ततः उनी अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल भएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: २४ कार्तिक २०७३ १३:४४ बुधबार

काे हुन् डोनाल्ड ट्रम्प