अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पबारे १० तथ्य

अमेरिकाको ४५ औं राष्ट्रपतिमा  डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्‍वार हिलारी क्लिन्टनलाई पछि पारे। ट्रम्पबारे विभिन्न चर्चा हुने गरेका छन्। उनीबारेका १० तथ्य:

१.  अमेरिकी इतिहास कै जेठा राष्ट्रपति

अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प हाल सम्मकै सबै भन्दा बढी उमेरमा राष्ट्रपति हुने व्याक्ति हुन्। उनी ७० वर्षको उमेरमा राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्। यस अघि रोनाल्ड रेगन ६९ वर्षको उमेरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए।

२. कंगालबाट खर्बपति

धेरैलाई थहा नहुन सक्छ ट्रम्प सन् १९९० मा झन्डै कंगाल भएका थिए। उनले आफुले लिएको ९ सय मिलियन डलरको व्यत्तीगत ऋण  सन् १९९४ मा मात्र चुक्ता गरेका थिए। उनी एट्लान्टिक सहरमा रहेको ट्रम्प टावर र तीन क्यासिनो बेच्ने सोचमा पुगेका थिए। तर हाल उनी १ सय वटा कम्पनीका मालिक हु्न् भने उनको सम्पत्ती २.६ बिलियन डलर रहेको छ।

३.व्यवसायीक रेस्लिङसंग प्रत्यक्ष सम्बन्ध

ट्रम्पले प्रत्येक वर्ष रेसलमेनियाको २ वटा इभेन्ट आफ्नो ट्रम्प प्लाजामा आयोजना गर्छन्। ट्रम्प र डब्लुडब्लुईका सिइओ भिन्स मिकम्यानले रेस्लरहरुलाई आफ्नो प्रतिनिधि बनाएर ब्याटल अफ बिलिनियर खेलाउने गरेका छन्। उक्त प्रतियोगीतामा पराजित हुने प्रतिश्पर्धिको केश मुण्डन गरिन्छ।

४. ट्रम्प राम्रो आम्दानी गर्ने टिभी स्टार

धेरै अमेरिकी टिभी च्यानलहरुले ट्रम्पलाई आफ्नो कार्यक्रम अथवा रियालीटि सो मा अथितीका रुपमा ल्याउन राम्रो रकम दिने गरेका छन्। सन् २००४ मा उनी दि एप्रिन्टाइज नामक एक टिभी सो मा अतिथीका रुपमा जादाँ उनलाई आयोजकले प्रति सो ३ लाख ७५ हजार डलर दिएका थिए।

५. मादक पर्दाथ देखि टाढा 

ट्रम्प मादक पदार्थदेखी सँधै टाढै रहने गर्दछन्। उनले आफ्नो भाइ फ्रेड रक्सी कै कारण अस्वस्थ भएपछि यसबाट टाडा रहने बताउँदै आएका छन्।

६.उनलाई सैनिक  एकेडेमीमा पठाइएको थियो

ट्रम्पका अविभावकले उनी १३ वर्षको हुँदा सकारात्मक सोच र स्वस्थ्य होस् भनेर न्युयोर्कको एक सैनिक एकेडेमीमा भर्ना गरिदिएका थिए। उनले त्यहाँ राम्रो पर्दशन गर्दै सन् १९६४ मा त्यहाँबाट ग्रयाज्युएट गरेका थिए।

७. जोक गरेकै भरमा महेरलाई जरिबाना तिर्न लगाए

सन् २०१३ मा बिन महेरले ट्रम्पलाई बाँदरको छोरा भएको बताए पनि उनले महेरलाई जन्मदर्ता देखाउँदै उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै ५ मिलियन डलर क्षतीपुर्ति तिर्न लगाएका थिए।

८. ट्रम्प दैनिक ४ घण्टामात्र सुत्छन्

पूर्वअमेरिकी राष्टिपति दैनिक रातको १० बजे सुत्ने भन्दै चर्चित थिए तर ट्रम्प भने दैनिक मात्र ४ घण्टा सुत्छन्।

९.निर्वाचन प्रचारप्रसारमा  सबै भन्दा कम खर्च

ट्रम्पले राष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा सबै भन्दा कम रकम खर्चेका थिए । उनले मात्र ९९ मिलियन डलर खर्चेका थिए। जसमध्ये उनको व्यक्तीगत ५० मिलियन डलर रहेको थियो भने ४९ मिलियन डलर उनले चन्दाको रुपमा उठाएका थिए। उनको प्रतिद्धन्दी हिलारी क्लिन्टनले प्रचार प्रसारमा २ सय ७५ मिलियन डलर खर्च गरेकी थिइन्।

१०.रिसाउँदा मात्र लगाउँछन् रेड बेसबल ह्याट

रातो रिस र खतराको संकेत हुन्। ट्रम्पले सेतो ह्याट लगाउँदा उनी राम्रो मुडमा रहेका थाहा पाउन सकिन्छ भने यदि उनले रातो ह्याट लगाउँदा उनी रिसाएको भन्ने बुझिन्छ।

 

प्रकाशित: २४ कार्तिक २०७३ १०:४४ बुधबार

डोनाल्ड ट्रम्पबारे १० तथ्य