अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता

वासिंङटन-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणनामा रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्। हाल सम्म ट्रम्पले ४८. ५ प्रतिशत भोट प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्न्लिन्टनले ४७  प्रतिशत भोट प्राप्त गरेकी छन्। हाल सम्म ट्रम्पले २ सय ४४ इलेक्ट्रोल भोट जित्दन क्लिन्टनले २ सय ९ इलेक्ट्रोल भोट जितेकी छन्।

अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी  क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् ।

हालसम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टन कनेक्टिकट, न्युयोर्क, इल्लिन्वाइ, ह«ोड आइल्याण्ड, न्यु मेक्सिको, भर्जिनियामा विजयी भएकी छन्। ट्रम्प मोन्टाना, आक्र्यान्सस, टेक्सास, नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ्ग, क्यान्सास, नेब्रास्का, मिस्सिसिप्पी, टेनेस्सी, अलाबामा, लुजियाना, मोन्टाना, मिसाउरी, ओहायोमा विजयी भएका छन्। कुल ५ सय ३८ इलेक्ट्रोल भोटमा राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्ट्रोल भोट आवश्यक पर्दछ। बुधबार अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन भएको थियो ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०४:४९ बुधबार

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई अग्रता