अन्तर्राष्ट्रिय

दक्षिण सुडानमा द्वन्द्वपीडित पचास हजारलाई खाद्यान्न सहयोग

जुवा–विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानको चार महिना लामो हिंसामा फसेका येइ सहर र वरपरका क्षेत्रका करिब ५० हजार द्वन्द्व प्रभावित नागरिकलाई खाद्यान्न सहयोग गरेको छ।

डब्लुएफपीद्वारा शनिबार सार्वजनिक गरेको एक विज्ञप्तिअनुसार उक्त हिंसाग्रस्त क्षेत्रलाई मध्यनगर गरी ३८ ट्रक (करिब ४०० टन) खाद्यान्न लिएर पठाइएको टोलीले उक्त सामग्री द्वन्द्व प्रभावित क्षेत्रमा पु¥याइएको हो।

खाद्यान्न सामानमा चामल, दाल, गहुँ र तेल साथै औषधि लगायतका आधारभूत सामग्री पठाइएको र यसले करिब एक महिनाका लागि खानेकुराको अभाव हुनबाट राहत प्रदान गर्नेछ।

जुलाईमा दक्षिण सुडानको जुवामा दुई प्रतिस्पर्धी राजनीतिक समूहबीच भिडन्त भएपछि स्थानीय कृषक आफ्नो खेतबारीमा गई खेती गर्ने वा खाद्यान्न खरिद गर्न बजारसम्म पुग्नबाट वञ्चित बनेका छन्।

दुई समूहबीच भएका भिडन्तपछि सुरक्षका लागि सशस्त्र समूहद्वारा बिछ्याइएका एम्बुस यत्रतत्र राखिएका कारण उनीहरु खाद्यान्न अभावकाबीच चार महिनादेखि आफ्नै बस्तीमा बस्न बाध्य पारिएका थिए । रासस-एएफपी

प्रकाशित: २१ कार्तिक २०७३ ०७:३८ आइतबार

दक्षिण सुडानमा द्वन्द्वपीडित पचास हजारलाई खाद्यान्न