मुम्बई–बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ। राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। राखीमाथि मोदीको फोटो भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाइएको छ। कांकरोली थानधिकारी लक्ष्मण रामले प्रहरीले अदालतको आदेश अनुसार राखी विरुद्धको मुद्दा दर्ता गरेको बताए।
सो मुद्दामाथि सुनुवाई गर्दै अदालतले सो विषयमा छानविन गर्न प्रहरीलाई आदेश दिएको संचारमाध्यमले जनाएका छन्। प्रहरीले भारतीय दंड संहिताको धारा २९२, २९३, २९४, ५०१ र महिला अश्लिल निरुपण अधिनियमको धारा अनुसार राखी विरुद्ध छानविन गरिरहेको छ।
प्रकाशित: २० कार्तिक २०७३ ०४:०८ शनिबार