अन्तर्राष्ट्रिय

हरेक साढे चार दिनमा एक पत्रकारको मृत्यु

लण्डन–युनेस्कोले हरेक साढे चार दिनमा विश्वभरमा एक पत्रकारको मृत्यु   हुने गरेको नयाँ तथ्याङक सार्वजनिक गरेको छ। युनेस्कोले सार्वजनिक गरेको एक तथ्याङक अनुसार हरेक साढे चार दिनमा विश्वमा कम्तिमा एक जना पत्रकारको मृत्यु  हुने देखाएको हो। उक्त तथ्याङक अनुसार सन् २०१५ देखि २०१५ सम्ममा हालसम्म विश्वमा ८ सय २७ पत्रकारको मृत्यु  भएको जनाएको छ।

बितेको वर्ष मात्र विश्वमा १ सय १५ पत्रकारको मृत्यु  भएको बताइएको छ। विश्वमा भड्किएको द्वन्द्वमा परी मृत्यु हुने पत्रकार ५९ प्रतिशत रहेका छन्। सो तथ्याङकले पत्रकारको हालत खाडी मुलुकमा अझ भयावह भएको देखाएको छ। विश्वभर बितेको २ वर्षमा २ सय १३ पत्रकारको मृत्यु  भएकोमा अरब मुलुकमा मारिने पत्रकारको संख्या ७८ जना रहेको छ। मृत्यु भएका  ९० प्रतिशत पत्रकार स्थानीय हुने गरेको समेत युनेस्कोले जनाएको छ। युनेस्कोका अनुसार इराक, सिरिया, यमन, लिबिया तथा भारतमा मृत्यु  हुने पत्रकारको संख्या उच्च रहेको छ।

युनेस्कोका अनुसार पत्रकारको मृत्यु हुने प्रमुख कारण देशमा भड्किएको गृहयुद्ध , स्थानीय गुण्डा समूहको विरुद्धमा लेख लेख्नु, राजनीतिक पहँुचका आधारमा र कम तलबका कारण आत्महत्या गर्ने रहेका छन्।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App