अन्तर्राष्ट्रिय

साउदी राजकुमारलाई कोर्रा हानियो

रियाद-साउदी अरबका एक  राजकुमारलाई मृत्यु दण्ड दिएको दुई हप्तापछि अर्का राजकुमरलाई जेलमा कोर्रा हानिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमले साउदी नरेशको आदेशमा एक जना राजकुमारलाई कोर्रा हानिएको बताएका छन्। तर ती राजकुमारको विवरण र कोर्रा किन प्रहार गरियो भन्ने बारेमा भने केही खुलाइएको छैन्।

तर साउदीबाट प्रकाशित हुने  ‘ओकाज’ नामक पत्रिकाले राजकुमारको स्वास्थ परीक्षणपछि उनी कोर्राको प्रहार सहन सक्षम भएको देखाएपछि मात्रै कोर्रा प्रहार गएिको  संचारमाध्यमले उल्लेख गरेका छन्।  साउदी अधिकारीहरुले यसबारेमा अन्य विवरण दिन अस्विकार गरेको समेत उक्त पत्रिकाले जनाएको छ।

यसअघि दुई साता पहिले अर्को साउदी राजकुमारलाई मृत्युदण्ड दिइएको थियो। साउदी अरेबीयाको गृहमन्त्रालयले तीन वर्ष पहिले राजधानी रियादमा एक व्यक्तिको हत्या गरेको आरोपमा राजकुमार लुर्की विन साउद अल कविरलाई मृत्युदण्डको सजाय सुनाएको जनाएको थियो।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०६:१० बिहीबार

साउदी राजकुमारलाई कोर्रा हानियो