अन्तर्राष्ट्रिय

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

रोम –इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

इटालीको मध्य भाग प्रयुजियालाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापक संस्था युएस जियोलोजिकल सर्भे युएसजीले जनाएको छ । उक्त भूकम्प प्रयुजिया सहर भन्दा ६८ किमी पर पर्ने स्थानमा गएकोे र त्यसको गहिराइ १ सय ८ किमि रहेको बताइएको छ।

स्थानीय अधिकारीहरुले भूकम्पबाट भएको मानविय तथा भौतिक क्षतीको विवरण आइनसकेको बताएका छन्। गत बुधबार पनि इटालीमा ५.४ र  ६.० रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । यस अघि गत अगस्टमा आएको ६.४ रेक्टर  स्केलको भूकम्पमा परी ३ सय जना भन्दा बढि मानिसको मृत्यु भएको थियो ।

 

 

प्रकाशित: १४ कार्तिक २०७३ ०७:३४ आइतबार

इटालीमा ७.१ रेक्टरकाे भूकम्प