अन्तर्राष्ट्रिय

क्लिन्टनले लिएको सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी

वासिङटन– रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।

ट्रम्पले  अमेरिकाले इस्लामिक विद्रोही समूह इस्लामिक स्टेट आइएसआइसलाई समाप्त पार्न आफ्नो ध्यान दिनु पर्ने बताए। उनले भने, ‘अमेरिकाले आइएसआइएसलाई पूरा विश्वबाट नै समाप्त पार्ने कुरामा ध्यान दिन जरुरी छ । सिरियाली राष्ट्रपति बसर अल असदले आफ्नो पदबाट राजीनामा दिएर समस्याको समाधान गर्नुपर्छ।’
ट्रम्पले भने, ‘तपाईं ढुक्क हुनुहोस् यदि हामीले क्लिन्टनको सिरिया सम्बन्धी विदेश नीति आत्मसाथ गर्यौ भने तेस्रो विश्वयुद्ध अवस्था सुरु हुनेछ।’

उनले रिपब्लिकन पार्टीका सदस्य आफ्नो उमेद्वारीलाई लिएर एकीकृत नहुँदा आफूले कमजोर महसुस गरेको बताए। उनले भने, ‘म राष्ट्रपतिको उमेद्वार भएपछि जति साथ र समर्थन पाउने हो पाउन सकेको छैन ,यदी रिपब्लिकन पार्टीका सबै सदस्य एकीकृत हुने हो भने हामीले हिलारीलाई सजिलै आगमी राष्ट्रपतीय निर्वाचनमा पराजित गर्न सक्छौं।’

 

प्रकाशित: १० कार्तिक २०७३ ०५:४३ बुधबार

क्लिन्टनले लिएको सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी