अन्तर्राष्ट्रिय

६ सय क्षमताको रेलमा १६ सय यात्रु, दुर्घटनामा कैयौंको ज्यान गयो

याउनडि–क्यामरुनमा भएको एक रेल दुर्घटनामा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

क्यारुनका यातायात मन्त्री इड्गर एलेनले राजधानी याउनडि भन्दा १ सय २० किमी पश्चिममा रहेको इस्का शहरमा एक यात्रुबहाक रेल दुर्घटना भएको बताए।
उनले दुर्घटनाको यकिन तथ्य थहा नभएपनि प्रारम्भिक अनुसन्धानबाट रेलमा अत्याधीक यात्रुको चापको कारण दुर्घटना भएको बताए।

सो यात्रुबहाक रेलमा ६ सय जना यात्रु क्षमता भएपनि १६ सय यात्रु चढाइएको बताइएको छ। अत्याधीक भारका कारण उक्त रेलको २२ वटा डिब्बा लिक बाहिर गएकाले दुर्घटना भएको बताइएको छ।

उनले सो दुर्घटनामा ५ सय ७५ जना भन्दा बढि मानिस घाइते भएको र केहिको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढन सक्ने बताए।

प्रकाशित: ६ कार्तिक २०७३ ०७:१३ शनिबार

क्षमताको रेलमा १६ यात्रु दुर्घटनामा कैयौंको ज्यान गयो