अन्तर्राष्ट्रिय

पाकिस्तान पक्का मित्र : चीन

भारत–चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो ।

भारतको गोवामा भएको ब्रिक्स सम्मेलनपछि भारतीय समाचार संस्था पिटिआईलाई प्रतिक्रया दिंदै चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयुङले भने ‘ हामी कुनै पनि जाती वा धर्मलाई आतंकबादसँग जोड्ने कुराको विरोध गर्दछौँ, पहिले पनि हाम्रो अडान यहि थियो अहिले पनि यहि छ  । पाकिस्तान र चीन एक असल मित्र हुन् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले आतंकवादी संगठनलाई अािर्थक सहायता तथा बढावा दिने गरेको भन्दै पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउनु पर्ने जिकिर गरेको लगत्तै चीनका विदेश मन्त्रालयका प्रवक्ताको यस्तो धारणा आएको हो ।

उनले भारत र पाकिस्तान दुवै देश आतंकबादबाट पीडित भएको बताए । उनले भने ‘इस्लमाबादले आतंकबादका विरुद्ध लड्न धेरै बदिलानी गरेको छ र उसको यो बलिदानीको अन्तराष्ट्रिय समुदायले स्विकार गर्न जरुरी छ ।’

उनल चीन सधै आतंकबादको विरुद्धमा रहेको र कुनै पनि देशलाई आतंकबादसँग जोड्ने कुराको समेत विरुद्धमा रहेको बताउँदै अन्तर्राष्ट्रिय रुपमा एक भई आतंकबादकाविरुद्ध लड्नु पर्ने बताए ।
गत महिना भारतीय सैनिकको उरी स्थित एक सैनिक शिविरमा भएको आक्रमणमा १८ जना भारतीय सैनिकको मृत्यु भएपछि दुवै देश युद्ध संघारमा रहेको अनुमान थालिएको थियो ।

 

प्रकाशित: २ कार्तिक २०७३ ०४:१९ मंगलबार

पाकिस्तान पक्का मित्र चीन