अन्तर्राष्ट्रिय

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।

विस्फोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ।

कम्पनीले विस्फोट हुनाको कारण थाहा भइनसकेको बताउँदै यस सम्बन्धमा छानबिन सुरु गरिएको एक विज्ञप्तिमार्फत जनाएको छ।

लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो। रासस/एएफपी

 

प्रकाशित: १ कार्तिक २०७३ १३:४८ सोमबार

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट केही मानिस बेपत्ता कैयौँ घाइते