अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनमा उर्जा सम्झौता गर्दै माेदी-पुटिन

बेनौलिम- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले भारतमा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा उर्जा सम्झौता गर्ने तयारी गरेका छन्। लामो समयसम्म आर्थिक तथा व्यापारिक साझेदार बन्ने उद्देश्यले दुई देशबीचमा शनिबार यो सम्झौता हुन लागेको हो। 

भारतको प्रशिद्ध पर्यटकीय शहर गोआमा भइरहेको सम्मेलनका क्रममा उनीहरुले अन्य विषयमा पनि छलफल गर्ने बताइएकाे छ। 

सम्मेलनमा उदियमान देशहरु ब्राजिल, चीन र दक्षिण अफ्रिकासँग पनि संयुक्त तथा छुट्टा छुट्टै छलफल गर्ने कार्यक्रम छ। ती छलफलहरु व्यापारिक साझेदारीता, आतङ्कबाद, सुरक्षा लगायतका विषयमा केन्द्रीत हुने भएका छन्। 

प्रकाशित: २९ आश्विन २०७३ ०७:५२ शनिबार

ब्रिक्स सम्मेलनमा उर्जा सम्झौता गर्दै माेदी-पुटिन