अन्तर्राष्ट्रिय

भारतकाे कश्मिरमा अातंकवादी अाक्रमण

कश्मिर–भारत प्रशासित कश्मिरको बाहिरी इलाकामा आतंकवादी आक्रमण भएको छ। शुक्रबार श्रीनगरको बाहिरी इलाकामा अर्धसैनिक बलको एक शिविरमा गरिएको आक्रमणमा एक जवानको मृत्तु भएको र अन्य ६ जना जवान घाइते भएका भारतीय संचारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार आक्रमणकारीले सशस्त्र सीमा बल (एसएसबी)को एक टोलीमाथि गोली प्रहार गरेका थिए।

श्रीनगर–लेह राष्ट्रिय राजमार्गमा ड्युटी गरिरहेका बेला आक्रमणकारीले आक्रमण गरेको संचारमाध्यमले उल्लेख गरेका छन्।  सो आक्रमण जकुरा औद्योगिक क्षेत्रको अत्याधिक संवेदनशील क्षेत्रको बाहिर भएको थियो। 

प्रकाशित: २९ आश्विन २०७३ ०१:३१ शनिबार

भारतकाे कश्मिरमा अातंकवादी अाक्रमण