अन्तर्राष्ट्रिय

भारत नियन्त्रित कश्मिरमा सुरक्षाकर्मीको हतियार लुटियो

कश्मिर–भारत प्रशासित  कश्मिरमा पुलवामा जिल्लाको एक प्रहरी चौकीबाट प्रहरीको हतियार लुटिएको छ। भारतीय संचारमाध्यमका अनुसार  पुलवामा जिल्लाको अल्पसंख्यक सुरक्षा चौकीमा तैनाथ प्रहरीको हतियार शनिबार आतंकवादीले लुटेका छन्।

प्रहरी उच्च अधिकारकारीको भनाइ उद्धृत गर्दै संचारमाध्यमले भनेका छन, ‘आतंकवादीले पुलवामा तुमलाहाल गाउँमा अल्पसंख्यक समुदायको सदस्यको रक्षाकालागि तैनाथ प्रहरीको हतियार लुटेर लगे।’ यसअघि शुक्रबार शोपिया जिल्लाको रेशनाग्री गाउँस्थित एक अल्पसंख्यक सुरक्षा चौकीमा तैनाथ सुरक्षाकर्मीको हतियार लुट्ने प्रयास गरेका थिए। सो क्रममा भएको भीडन्तमा एक प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी  घाइते भएका थिए। 

सुरक्षाकर्मीले कश्मिरका अल्पसंख्यक गाउँमा सुरक्षाकालागि प्रहरी चौकी स्थापना गरेका छन्। जहाँ कश्मिरी पण्डित समुदायका मानिस बसोबास गर्ने गर्छन्। अधिकांश कश्मिरी पण्डित समुदाय १९९० को दशकको प्रारम्भमा  भएको हिंसापछि कश्मिर पलाएन भएका हुन्।  

 

प्रकाशित: २३ आश्विन २०७३ ०३:३१ आइतबार

भारत नियन्त्रित कश्मिरमा सुरक्षाकर्मीको हतियार लुटियो