अन्तर्राष्ट्रिय

आइएसआइएसका प्रमुख बगदादीको हत्या प्रयास, स्वास्थ्य अवस्था चिन्ताजनक

बग्दाद–अन्तर्राष्ट्रिय आतंकबादी समूह इस्लामिक स्टेट आइएसआइएसका प्रमुख अबु बकार अल बगदादीको हत्याको प्रयास भएको र उनको अवस्था चिन्ताजक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले नजाएका छन्। इराकी समाचार संस्था डब्लुएएका अनुसार बग्दादी र उनको अन्य तीन साथीलाई खानालाई विष मिसाएर खुवाइएको र उनीहरु सबैको अवस्था चिन्ताजनक रहेको बताएका छन्।

डब्लुएएले भनेको छ,  ‘बग्दादी र उनको अन्य तीन साथीकालागि तयार पारेको खानामा विष मिसाएर खुवाइएको हो र उनीहरुलाई अहिले इराककै एक अस्पतालमा राखेर उपचारका भैरहेको छ  तर उनीहरु सबैको अवस्था  गम्भिर रहेको छ।’ उनीहरुलाई राखेको अस्पतालका बारेमा भने केही बताएको छैन।

तर उनीहरुलाई कसले विष मिसाएर खुवायो भन्ने बारे केही पत्ता नलागेको पनि संचार माध्यमले जनाएका छन्। उक्त घटनामा परेका अन्य तीन जना आतंकबादीको भने नाम खुलाइएको छैन।

आफ्नो असली नाम इब्राहीम अवाद इब्राहीम रहेका बग्दादी सन् १९७१ मा बगदादको जन्म उत्तरी सहर समरामा भएको थियो । बगदादीले अलकायदाबाट छुटेर इस्लामिक स्टेट आइएसआइएस नामक आतंकबादी समूह गठन गरेका थिए। आइएसआइएस अहिले  विश्वकै एक प्रमुख जिहादिस्ट आतंकबादी समूहको रुपमा रहँदै आएको छ। आइएसआइएसले  विशेषत इराक र सिरियाका धेरै स्थानहरु कब्जा गर्दै आफ्नो आतंककारी गतिविधि विस्तार गरिहेको  बताइन्छ।

 

प्रकाशित: १९ आश्विन २०७३ ०४:५१ बुधबार

आइएसआइएसका प्रमुख बगदादीको हत्या प्रयास स्वास्थ्य अवस्था चिन्ताजनक