अन्तर्राष्ट्रिय

भैतिक विज्ञान तर्फ बेलायतका तीन बैज्ञानिकलाई नोबेल

भौतिक विज्ञान तर्फ २०१६ को नोबेल पुरस्कार तत्वहरुको खोजको लागि बेलायतका तीन बैज्ञानिकलाई प्रदान गरिएको छ।

वैज्ञानिक डेविड थूल्स, डंकन हाल्डेन और माइकल कोस्टरलिट्ज़लाई संयुक्त रूप यो बर्षको नोबेल पुरस्कार दिइएको हो। स्विडेनमा पत्रकार सम्मेलन गर्दै उनीहरुको नाम घोषणा गरिएको थियो।

यस बर्षका विजेताहरुले 'संसारलाई बुझ्ने ढोका खोलेको' नोबेल कमिटीले उल्लेख गरेको  छ। रहस्यमयरुपमा तत्व जहाँ पनि रहन सक्ने बताउँदै बैज्ञानिकहरुको खोजले नयाँ तत्वको डिजाइनिङमा मतद गर्ने विश्वास व्यक्त गरिएको छ।

पछिल्ला पाँच बर्षमा भैतिक शास्त्रमा नोबेल पुरस्कार पाउनेहरु:

२०१५- तकाकी कजिता र आर्थर मेकडोनाल्ड- न्युट्रोनले आफ्नो कलेवर  कसरी बदल्छ भन्ने खोजको लागि उनीहरुलाई यो पुरस्कार प्रदान गरिएको थियो।

२०१४- इसामू अकासाकी, हिरोसी अमानो र शुजू नकामूरा- निलो प्रकाश उत्पन्न गर्ने पहिलो डायोड बनाएको ले।

२०१३ - फ्रांसिस एंगलर्ट र पीटर हिग्स- हिग्स कणको सिद्धान्तको लागि।

२०१२- सर्ज हारोके र डेविड वाइनलेड- प्रकाश र तत्वबारे उनीहरुले अनुसन्धान गरेका थिए।

२०११- साउल पर्लमटर, ब्रायन पी स्मिट र एडम रिस-  ब्रम्हाण्ड फैलने गति बढेको बारे उनीहरुले अनुसन्धान गरेका थिए।  

 

प्रकाशित: १८ आश्विन २०७३ १३:३१ मंगलबार

भैतिक विज्ञान तर्फ बेलायतका बैज्ञानिकलाई नोबेल