अन्तर्राष्ट्रिय

भारतको राष्ट्रिय राइफल्स मुख्यालयमा आक्रमण

श्रीनगर–फाइन अफ कन्ट्रोल (एलओसी) सँग जोडिएको जम्बु–कश्मिरको बारामूलामा आइतबार राति दशबजे ४६ राष्ट्रिय राइफल्सको मुख्यालयमा आतंकवादी आक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

सो आक्रमणमा परी एक जना भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना आक्रमणकारी मारिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

आक्रमणमा बीएसएफका दुई  र सेनाका दुई जवान घाइते भएको संचारमाध्यले जनाएका छन्। राति अबेरसम्म झडप जारी थियो।
आक्रमणकारीले सुरक्षा बलको क्याम्पमा दुई वटा समूह बनाएर आक्रमण गरेका थिए।उनीहरुले पहिला ग्रिनेटबाट आक्रमण गरेका थिए भने पछि गोलीबारी गरेको संचारमाध्यमले उल्लेख गरेका छन्।आक्रमणमा ५ जनाको संख्यामा आक्रमणकारी रहेको सूचना मिलेको संचारमध्यमले उल्लेख गरेका छन्।

बारामुला आक्रमणपछि राजधानी दिल्लीसहित मुलुकका सबै जसो ठूला सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुम्बईमा ड्रोन आक्रमणको आशंकामा चोक चोकमा सुरक्षा व्यवस्था कडा पारिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

 

प्रकाशित: १७ आश्विन २०७३ ०५:१२ सोमबार

भारतको राष्ट्रिय राइफल्स मुख्यालयमा आक्रमण