अन्तर्राष्ट्रिय

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

मुम्बई–भारत–पाकिस्तानको विवाद उत्कर्षमा पुगेको समयमा भारतमा रहेका पाकिस्तानी कलाकार यसको चपेटामा परेका छन्।

भारतीय निर्माताहरुको संगठन इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स (आइएमपिपिए) ले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लागउने निर्णय गरेको हो।

आइएमपिपिएका अध्यक्ष टिपी अग्रवालले भने ‘भारत–पाकिस्तानबीच जारी विवादलाई ध्यानमा राख्दै हाम्रो ८७ औं बैठकले अबदेखि कुनै पनि भारतीय चलचित्रमा पाकिस्तानी कलाकारलाई अनुबन्धन नगर्ने निर्णय गरेको हो। उनले यो प्रतिबन्ध अहिलेको विवादित स्थिति सामान्य भएपछि स्वतःफुकुवा हुने बताएका छन्।

यसैबीच पाकिस्तानी गायक सफतक अमानत अली र अतिफ आस्लमले बैंग्लोर र गुरगाउँमा गर्ने भनिएको कन्र्सट रद्ध भएको तथा फवाद खान र अलि जफर स्वदेश फर्केको भारतीय संचार माध्यमले जनाएका छन्।

भारतका विभिन्न राजनीतिक संगठनले विगत केहि दिनदेखि पाकिस्तानी कलाकार तथा गायकले तत्काल भारत छोड्नुपर्ने माग राख्दै आइरहेका थिए।
 

प्रकाशित: १४ आश्विन २०७३ ०८:०० शुक्रबार

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी कन्सर्टहरु धमाधम स्थगित