अन्तर्राष्ट्रिय

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

इजरायल- नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी-ज्वाइँ रफी वालडेनले जानकारी दिए। 

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए। जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा उनी क्रियाशिल थिए। प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो। 

उनको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका थिए। अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरे। उनी पेरेजको अन्त्यष्टि कार्यक्रममा सहभागी हुनु शुक्रबार इजरायल जाने भएका छन्। 

संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुखित बनाएको बताए।  

'विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठूलो योगदान गर्नुभएको छ। उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ,' ओवामाले वक्तव्यमा भनेका छन्। 

प्रकाशित: १२ आश्विन २०७३ ११:३१ बुधबार

इजरायलका पूर्वराष्ट्रपति एवं नोवेल शान्ति पुरस्कार विजेता पेरेजको निधन