अन्तर्राष्ट्रिय

तालिवानी लडाकुकाे आक्रमणमा पाँच अफगानी सैनिकको मृत्यु

कावुल- पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानी लडाकु समूह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन्। 

सेनाले दुई पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन्। सेनाले विद्रोहीका हतियार बमलगायतका सामग्री पनि कब्जामा लिएको वक्तव्यमार्फत् जनाएको छ। रासस/सिन्ह्वा 
 

प्रकाशित: १२ आश्विन २०७३ ११:२१ बुधबार

तालिवानी लडाकुकाे आक्रमणमा अफगानी सैनिकको मृत्यु