अन्तर्राष्ट्रिय

भारतपछि अब बंगलादेशले पनि सार्क सम्मेलनमा भाग नलिने

ढाका–पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा बंगलादेशले पनि सहभागीता नजनाउने बताएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनका प्रेस सल्लाहाकार इकबाल शोभमले सार्क सम्मेलनमा भाग नलिने बताएको बीबीसीले जनाएको छ। उनले बंगलादेशको आन्तरिक समस्याका कारण सार्क सम्मेलना भाग नलिने बताएका छन्।

यस अघि मंगलबार भारतीय विदेश मन्त्री सुस्मा स्वराजले ट्विटरमार्फत भारतले सार्क सम्मेलनमा भाग नलिने बताएकी थिइन्। उनले ट्विट गर्दै भनेकी छन्, ‘क्षेत्रीय सहयोग र आतंकबाद एक साथ अगाडि बढ्न सक्दैन त्यसैले भारतले इस्लामाबादमा हुने सार्क सम्मेलनमा सहभागीता जनाउँदैन।’ 

भारतले वर्तमान सार्कको अध्यक्ष रहेको नेपाललाई यसबारे जानकारी दिइसकेको छ। सार्कको आगामी शिखर सम्मेलन नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा हुने तालिका रहेको छ।

 

प्रकाशित: १२ आश्विन २०७३ ०७:३४ बुधबार

भारतपछि अब बंगलादेशले सार्क सम्मेलनमा भाग नलिने