अन्तर्राष्ट्रिय

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

इस्लामाबाद–पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्।
भारतीय टेलिभिजन  आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

अन्तरवार्ताका क्रममा उनले भने, ‘भारतले पाकिस्तानलाई कमजोर नसोचे हुन्छ  हामी नेपाल र भुटान जस्तो  कमजोर र भारतको इसारमा चल्ने राष्ट्र होइन।’

उनले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  दोहोरो चरित्र देखाएको आरोप समेत लगाए। उनले भने, ‘मोदी कहिले आफ्नो देशका मन्त्रीहरुलाई समेत थहा नदिइ पाकिस्तानका प्रधानमन्त्री नवाफ शरिफको जम्म दिनमा पुग्छन्, कहिले पाकिस्तान आतंकबादको राष्ट्र हो भन्दै हामीले आयोजना गर्न लागेको सार्क शिखर सम्मेलनमा भाग नलिने बताउँछन्,यसले उनको दोहोरो चरित्र प्रष्ट पार्छ।’

उनले पाकिस्तान कमजोर छ भन्ने भारतलाई भ्रम भएको भन्दै त्यो सोचे भारतको अहिले सम्म कै ठूलो भुल हुने बताए । उनले भने, ‘ भारतले पाकिस्तानलाई  युद्धमा हराउँछु भन्ने सोचेको छ भने त्यो दिवा स्वपना मात्र हुनेछ, आँट छ भने पाकिस्तानमा हमला गरेर देखाओस।’

 

प्रकाशित: १२ आश्विन २०७३ ०४:४५ बुधबार

पाकिस्तानलाई नेपाल भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी