अन्तर्राष्ट्रिय

चीनले पाकिस्तानको साथ नदिने

बेइजिङ–यदी भारत र पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ नदिने भएको छ। भारत–पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ दिने समाचार सार्वजनिक भएपछि चीनले सो समाचारको खण्डन गरेको हो।

चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले पत्रकारको प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता गेङले भारत–पाकिस्तानबीच युद्ध हुने कुरा आफूहरुलाई जानकारी नभएको उल्लेख गर्दै  युद्ध हुने अवस्था आएपनि चीनको नीति स्पष्ट र स्थिर रहेको बताए। ‘छिमेकीको नाताले चीन भारत र पाकिस्तानलाई कस्मिरलगायतका विवाद वार्ता र संवादमार्फत समाधान गर्न अपिल गर्छ,’ उनले भने।

अन्तर्राष्ट्रिय संचारमाध्यममा अनुसार लाहोरमा चीनका महावाणिज्य दूत यू बोरेनले भारत– पाकिस्तानबीच युद्ध भए चीनले पाकिस्तानको साथ दिने बताएको सार्वजनिक भएको थियो। सोही विषयमा पत्रकारहरुले चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणाका विषयमा प्रश्न गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पाकिस्तानको पत्रिका ‘डन’ मा पंजाबका मुख्यमन्त्रीको कार्यालयकातर्फबाट जारी विज्ञप्तिमा यु बोरेनलाई उद्धृत गर्दै कस्मिर मुद्दामा चीनले पाकिस्तानको साथ दिने उल्लेख थियो।

 

प्रकाशित: ११ आश्विन २०७३ ०८:४५ मंगलबार

चीनले पाकिस्तानको साथ नदिने